सुदूरपश्चिमाञ्चल क्याम्पसको सूचना प्रणालीको प्रभाव
सुदूरपश्चिमाञ्चल क्याम्पसको पब्लिक इन्फर्मेसन सेलले विद्यार्थी, प्राध्यापक, कर्मचारी, अभिभावक र समुदायसँग प्रभावकारी सञ्चार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । क्याम्पसले आफ्नो सूचना प्रणालीमार्फत वेबसाइट, फेसबूक पेज, इमेल, ब्रोसर, प्रत्यक्ष टेलिफोन सम्पर्क, इमेल, क्यालेण्डर र प्रोस्पेक्टसजस्ता माध्यमबाट आन्तरिक र बाह्य सूचना प्रवाह गर्छ । यो प्रतिवेदन यी सूचना प्रणालीले क्याम्पसको कार्यसञ्चालन, सरोकारवालाहरूसँगको सम्बन्ध र समग्र संस्थागत विकासमा पारेको प्रभावको मूल्याङ्कनमा केन्द्रित छ ।[...]